शेयर सदस्यहरुमा नवौं वार्षिक साधारण सभा सम्बन्धी सूचना

Contact us
  • 07 Sep, 2019

शेयर सदस्यहरुमा नवौं वार्षिक साधारण सभा सम्बन्धी सूचना

यस ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्था लि., नयाँ बानेश्वर काठमाडौंको मिति २०७६।०४।१३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम यस संस्थाको नवौं वार्षिक साधारण सभा निम्न लिखित मिति, स्थान र समयमा देहायका बिषयहरु उपर छलफल हुने गरी बस्ने भएको हुँदा यहाँको उपस्थितिको लागि पत्रसाथ अनुरोध गरिन्छ ।

साधारण सभा बस्ने मिति, स्थान र समयः
मितिः २०७६÷०५÷२१ गते शनिबार (७ सेप्टेम्बर, २०१९)
स्थानः मण्डला हाउस पार्टी प्यालेस, वालकुमारी खरीबोट, ललितपुर
समयः अपरान्ह ३ः०० बजे

साधारण सभामा छलफल हुने विषयहरुः
१. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूको वार्षिक प्रतिवेदन प्रस्तुत ।
२. संस्थाको आ.व. २०७५÷०७६ को लेखा परिक्षण प्रतिवेदन प्रस्तुत ।
३. संस्थाको आ.व. २०७५÷०७६ को लेखा समितिको वार्षिक प्रतिवेदन प्रस्तुत ।
४. संस्थाको २०७५÷०७६ को सञ्चालक समितिले गरेका महत्वपूर्ण निर्णयहरु पारित गर्ने।
५. चालु आ.व. २०७६÷०७७ को वार्षिक कार्यक्रम तथा बजेट माथि छलफल गर्ने ।
६. चालु आ.व. २०७६÷०७७ का लागि लेखापरीक्षकको नियुक्ती तथा पारिश्रमिक निर्धारण गर्ने ।
७. विनियम संसोधन गर्ने ।
८. कार्यक्षेत्र विस्तार गर्ने ।
९. एकिरण सम्बन्धमा ।
१०. सञ्चालक तथा लेखा समितिको निर्वाचन सम्बन्धमा ।
११. कोषहरुको बाँडफाँड स्वीकृति एवं शेयर लाभांश कोष लगायत अन्य कोषको वितरण सम्बन्धमा ।
१२. साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गरी निर्णय गर्नका लागि प्रतिनिधि चयन गर्ने ।
१३. विविध
क. नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा ।
ख. प्रमुख कार्यकारीको तलब भत्ता सम्बन्धमा ।
ग. सञ्चालकहरु तथा समिति उप समितिका पदाधिकारीहरुले लिने सेवा सुविधाको सम्बन्धमा ।

Download the 9th AGM Report

Share this post?