अध्यक्षबाट सन्देश

आदरणीय सदस्य महानुभावहरू तथा शुभचिन्तकज्यूहरू !

ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्था लिमिटेड २०६८ साल बैशाख २९ गते तत्कालिन डिभिजन सहाकरी कार्यालय काठमाडौंमा दर्ता भई २०६८ भाद्र ०४ गतेबाट विधिवत रूपमा कारोबार शुभारम्भ गरी सञ्चालनमा आएको हो ।

सदस्य महानुभावहरूको अविच्छिन्न साथ, सहयोग र हौसलाको बलमा निरन्तरको सफलता सहित अघि बढ्न सकेकोमा हर्ष विभोर भएका छौं । एक दशक बढिको यो यात्राका दौरान संस्थाले आर्जन गरेका उपलब्धिहरू यसका समस्त सदस्यहरूको अटुट आस्था, विश्वास र सहकारिताको परिणाम हो । यसका लागि हामी सबै सदस्य महानुभावहरू प्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौं ।

सदस्य हितलाई केन्द्रविन्दुमा राखेर संस्थाको समग्र सेवा व्यवस्थापनलाई समय र प्रविधिको गतिशीलतासँगै उपयोगी, विश्वसनीय र चुस्त बनाउने प्रयासमा हामी निरन्तर लागि परेका छौं । यस कार्यलाई थप परिभाषित र परिष्कृत गर्न सदस्यहरूको सृजनात्मक अनि रचनात्मक सल्लाह सुझावहरू आत्मसात् गर्दै सञ्चालक तथा व्यवस्थापन समूहको ज्ञान, सीप र अनुभवको सम्मिश्रण गरी दिगो संस्थागत विकासका लागि हामी सधैँ दत्तचित्त छौं ।

आगामी दिनहरूमा पनि सदस्य महानुभावहरूको निरन्तर साथ र सहयोगको अपेक्षासहित संस्थाको हितमा सदैव निष्ठापूर्वक कार्य गर्ने पूर्ण प्रतिवद्धता व्यक्त गर्दछौं ।

धन्यवाद । जय सहकारी । जय ज्योतिपुञ्ज ।

नविन श्रेष्ठ
अध्यक्ष